काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको मंगलबार बेलुका घरमै निधन भएको र बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने नाती पुजन बरालले बताए ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी नेपाल प्रहरीको ८ औं प्रहरी प्रमुख हुन् ।

उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version