काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।

उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ ।

‘उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएका छौं’ उनले भने ।

शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version