नेकपा (एमाले) भित्र बिबाद चर्किदै गर्दा निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ।

अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ।

पशुपति क्याम्पसका पूर्व नेता राई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मान्छिन्।

संखुवासभाका राईले शुक्रबार नयाँ दल दर्ता लागि निवेदन दिएका हुन्। ‘जेठ ७ गते दल दर्ताका लागि निवदेन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु’ राईले भने।

नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको छ । कार्यसमिति २५ सदस्यीय रहेको छ ।

शनिबार बसेको एमालेको नेपाल खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। एमाले फुटको संघारमा पुगेको बेला आयोगमा नयाँ दल दर्ताको लागि निवेदन परेपछि यसलाई चासोका साथ हेरिएको छ।

आइतबार काठमाडौंबाट प्रकाशित एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेता नेपालले नयाँ दलको खोल्ने निर्णय गरेको पुगेको बताएका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग बिबाद चुलिदै जाँदा नेपालसहितका नेताहरु नयाँ दल खोल्ने विषयमा छलफलमा रहेका छन्। यसअघि पनि सो समूहबीच नयाँ दल खोल्ने विषयमा छलफल भएको थियो।

‘यो बिबाद धेरै लामो समयदेखि चल्यो तल्लो तहका कार्यकर्ताबाट पनि नयाँ दल खोल्नका लागि दबाब रहँदै आएको छ’ नेपाल निकट एक स्थायी कमिटीका सदस्यले भने, ‘नयाँ दल खोल्ने कहिले हो भन्ने मात्रै हो । अहिलेको संरचना पनि त्यसैको अभ्यास हो।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version