प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताएका छन्।

प्रधानमन्त्रीले आइतबार प्रेस चौतारी निकट पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दाबी गरिएका हस्ताक्षरहरू कीर्ते भएको र आफ्नैं दलका नेताले पनि असहयोग गरेकाले मुलुक मध्यवधिमा गएको तर्क गरे।

‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय र अस्वस्थ दाबी हो। अरुको दलभित्र खेलेर, दलीय अनुशासन तोडाएर राष्ट्रपतिलाई पेश गरेर वैकल्पिक सरकार बन्छ? मेरो दाबीमा सरकार बने पनि विश्वासको मत प्राप्त गर्ने आधार नभएको र विपक्षीको त कुनै आधार नै थिएन,’ उनले भने।

उनले विपक्षी गठबन्धनले फर्जी, दूषित कागज राष्ट्रपतिकहाँ पेश गरेको बताए। ‘उहाँहरुले कन्फ्युजन खडा गर्नुभयो। त्यसैले मेरो दाबी पनि राष्ट्रपतिज्यूले भरपर्दो ठान्नु भएन,’ ओलीले भने।

विपक्षी गठबन्धनले गरेको मोर्चाबन्दीलाई इंगित गर्दै उनले बलको लडाइँमा मोर्चा कस्नु उचित हुने तर न्यायको लडाइँमा मोर्चा कस्नु उचित नहुने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version