काठमाडौं :  नागार्जुन नगरपालिकामा केही सातादेखि कोरोना संक्रमणदर बढ्दै गएको छ ।

नागार्जुन नगरपालिकाको हरिसिद्धि सीतापाइलाका अनुसार १ देखि १० नम्बर वडामा कोरोना संक्रमितको संख्या जेठ ११ गतेसम्ममा २ हजार सन्ताउन्न  पुगेको छ, जसमा ११ सय ६३ पुरुष र ८ सय ९४ जना महिला संक्रमित छन ।

नगरपालिकाले जनाए अनुसार हालसम्म नगरपालिकाभित्र कोभिडका कारण ३३ जनाले ज्यान गुमाइसकेका छन ।जसमध्ये सबैभन्दा बढी मृत्यु हुनेको संख्या वडा नम्बर ६ मा रहेको छ । यस वडामा गत ११ गतेसम्म १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

त्यस्तै नगरपालिकाको ४ र ७ वडामा ६/६ जनाको मृत्यु भइसकेको छ भने वडा ३ मा ३ जनाको निधन भएको छ । त्यसैगरि वडा नंं ५, ९ र १० मा २/२ जनाको निधन भएको छ भने वडा नं ८ र २ मा १/१ जनाको निधन भएको छ । वडा नं १ मा हालसम्म कोरोना संक्रमितको मृत्युदर शून्य रहेको नगरपालिकाले जनाएको छ ।

सबैभन्दा बढी संक्रमितको संख्या वडा नं ४ र १ मा रहेका छन, जसमा क्रमशः ४८७ र ३९१ रहेको छ । वडा भरमा हालसम्म होम आइसोलेसनमा १३ सय ४४ जना रहेका छन भने अस्पतालमा ३४ जना भर्ना भएका छन । त्यस्तै हालसम्म ६ सय ४४ जनाले कोरोना जितेका छन ।

कोभिड-१९ संक्रमणदर कम गर्न जनचेतना नियुनीकरणमा नगरपालिकाका जनप्रतिनिधि
कोभिड-१९ संक्रमणदर कम गर्न जनचेतना नियुनीकरणमा नगरपालिकाका जनप्रतिनिधि
Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version