काठमाडौँ:
संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाइने भएको छ।

आजको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै १९ वटा रिट संवैधानिक इजलासमा पठाइने बताए।

बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताए।

प्रधानन्यायाधीश राणाले संसद विघटनविरुद्ध परेका १९ वटा रिटको पेसी आफ्नै बेन्चमा राखेर सुनुवाई सुरु गरेका हुन्। रिटमाथि आजदेखि वहस सुरु भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version