काठमाडौँ:
शुक्रबार क्यानडाको हाउस अफ कमन्सको जुम कन्फ्रेन्स चलिरहेको थियो। सबै सांसदले आआफ्ना सुझाव दिइरहेका थिए। यहीबीच एक जना सांसद भने पिसाब फेरिरहेको देखिए! जसले गर्दा लाजमर्दाे स्थिति उत्पन्न भयो।

भिडिओ सम्मेलन क्रममा पिसाब फेरिरहेको देखिने सांसद हुन्– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोका लिबरल पार्टीका विलियम अमोस। जो एक महिनाभित्र दोस्रोपटक भिडिओ कन्फ्रेन्समा नग्न अवस्थामा देखिएका हुन्।

यस घटनापछि उनको राजीनामा मागिएको छ।

यस विषयमा सांसद अमोसले ट्विट गर्दै भनेका छन्, ‘म संसदको भिडिओ बैठक चलिरहेका बेला पिसाब गरिरहेको थिएँ, तर मलाई लागेको थियो– मेरो क्यामेरा बन्द छ। तर पछि थाहा भयो– मबाट गल्ती भएछ। म यतिबेला एकदमै लज्जित छु। यसका लागि म माफी चाहन्छु।’

यसअघि पनि यस्तै हर्कत
सांसद अमोसले यसरी पहिलोपटक हर्कत देखाएका भने होइनन्। गत अप्रिलमा अयाोजित भिडिओ कन्फ्रेन्समा पनि उनी नग्न अवस्थामा देखिएका थिए। द क्यानेडियन प्रेसले फेला पारेको स्क्रिनसटमा उनी डेस्कपछाडि उभिइरहेका थिए र गोप्य अंग सम्भवतः एउटा मोबाइलले ढाकिएको थियो। सांसद अमोसले एक महिनाभित्र दोस्रोपटक फेरि यस्तै हर्कत देखाएका हुन्। एजेन्सी

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version