काठमाडौँ:
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निचोडमा बोर्ड पुगेको छ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले वैकल्पिक विधिबाट एसईई गर्न अनुमति माग गरिसकिएको बताए। यसबारे निर्णय गर्न शनिबार बोर्ड बैठकसमेत बसेको थियो।

शिक्षा मन्त्रालयले एसईईबारे कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने उनले बताए। गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो।

गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो।

एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तालिका थियो।

 

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version