काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानयायाधीशहरुको तर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्धय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा उनले आपत्ति जनाएका छन् । एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए ।

‘अब वकिलहरुले न्यायाधीश तय गर्ने ? उनीहरुले पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो ?’ उनले भने, ‘उहाँहरु त्यही चाहिरहनु भएको छ, हामीले लेखेर दिएको फैसला पढीबाची सुनाउने न्यायाधीशबाहेक अरु मान्दैनौं ।’

अघि भने, ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ?’

प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् ।

आफ्नो पालामा केही नगरेकाहरुले अहिले न्यायालयको कामकारबाहीमा हस्तक्षेप गर्न खोजेको उनको आरोप छ । ‘पूर्व न्यायमूर्तिहरुले न्यायलयको कसरी हुर्मत लिँदै हुनुहुन्छ पेन्सन खाएर …’ उनले भने, ‘आफ्नो समयमा केही नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ?’

यस्ता ‘आउटडेटेड इलिमेन्ट’हरुबाट देशलाई दुस्प्रभावित हुन नदिने उनले बताएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version