काठमाडौं । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।

 

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल भएको थियो । तर औपचारिक वार्ता सुरु हुन सकेको छैन । प्रवक्ता ज्ञवालीका अनुसार जेठ २ मा बनेको कार्यदलका केही सदस्य कारबाहीमा परेकाले त्यो अतित्वमा छैन ।

 

यद्यपि अहिले पनि आफूहरुको प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने भएको उनले बताए । केही (कारबाहीमा परेकाहरु) लाई चाहिँ समेट्न सकिँदैन भन्ने निष्कर्ष हो भन्ने प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भने, ‘शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन, आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई केही साथीहरुले अब बडो गर्वका साथ महिमा मण्डन गरिरहनु भएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रो त राम्रै हुन्छ । तर ती कुराहरु र पार्टीको एकताको प्रयासका बीचमा कही कतै तामलेम मिल्दैन । हाम्रोतर्फबाट कोशिस जारी छ ।’

 

स्थायी कमिटीको बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावको समीक्षा भएको थियो । सबै विपक्षी मिल्दा एमालेको मत नपुग्ने भएपनि आफूहरुले गरेको प्रयत्नले विजय नजिक हुनुभन्दै भन्दै बैठकले चुनावमा अन्तरघात भएको निष्कर्ष निकालेको छ । ‘यसबारे थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने र्छौं’ उनले भने ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version