काठमाडौँ: विवकेशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन भएको छ ।
उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए । उनको निधन मेडिसिटी अस्पतालमा भएको हो ।
कोरोना संक्रमण भएपछि उनी झन्डै दुई सातादेखी अस्पताल भर्ना गरिएको थियो ।
विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।

Facebook Comments Box