काठमाडौँ: यस साता  शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ  । नेप्सेसाथै कारोबारमा गिरावट आउदा लगानीकर्ता निराश भएका छन् ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलब ८४  अंकले घटेर  अन्तिम दिन १ हजार १७८ दशमलब ५० कायम भएको छ ।

यस साता  व्यापार  समूह बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट  आएको छ । सबै भन्दा बढी जीवन बीमा र  निर्जीवन बीमासमूहको परिसूचकमा क्रमश: १७० दशमलब ९५ अंक र ९०  दशमलब ६१ अंकले घटेको छ  ।

त्यसैगरी, उत्पादन समूहमा ६४ दशमलब १७ अंक, लघुवित्त २६ अंक, जलबिधुत २८ दशमलब ०८ अंक, होटल १७ दशमलब २८ अंक, विकास बैंक १६ दशमलब ५८ अंक, बाणिज्य बैंक १५ अंक,  बित्त ४ दशमलब ५१ अंक र  अन्य शुन्य दशमलब ३३ अंकले घटेको छ ।

यधपी,  ब्यापार  समूहको परिसूचक भने दुई दशमलब ९५ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा सँगै  कारोबार रकममा पनि  गिरावट  आएको छ। कारोबार रकम गत साताको भन्दा १७  दशमलब ८४ प्रतिशतले कमि आएको छ  ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६ हजार ६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २२५२० कारोबारबाट एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.५४ अंकले घटेर २४८.९९ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (छ करोड ६१ लाख ६० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १३ हजार कित्ता) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५७९ वटा) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी, यस सात नेप्सेमा बिभिन्न कम्पनीका बोनस शेयर, हकप्रद शेयर, प्राथमिक  र थप निष्काशन गरि कूल ५ करोड ६९ लाख १० हजार ६२८ कित्ता धितोपत्र  शुचिकृत भएका छन्    ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version