काठमाडौँ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेले निषेधाज्ञाका कारण पीसीआर परीक्षण गर्ने घटेको बताएका छन्।

गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पीसीआर परीक्षण दर घटेको छ।

परीक्षाण घट्नुमा संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेको हुनसक्ने डा. पौडेलले बताए।

सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको उनकाे भनाई छ।

गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पीसीआर परीक्षण दर घटेको छ। बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको थियो।

यो परीक्षणमा नमुनाहरुको ३१.४९ प्रतिशत हो। यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ।

यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version