काठमाडौँ: सर्वोच्च अदालतले शुक्रबारका लागि सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको अदालतको सेवा सञ्चालन बैठकको मुख्य विषय बनाइएको छ ।

एजेन्डामा संवैधानिक इजलास सञ्चालन नियमावलीको संशोधनको विषय छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत मंगलबार तत्काल सर्वोच्चको फुलकोर्ट बोलाउने र त्यहाँबाट नियमावली संशोधन गराई संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीशहरू रहने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

शुक्रबारका लागि ‘विविध’ शीर्षकको एजेन्डा राखिएकाले प्रधानन्यायाधीश जबराले त्यही क्रममा नियमावली संशोधनको विषयबारे छलफल गर्न सक्ने स्रोतले बतायो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version