काठमाडौँ:
पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ गतेमा फर्किने घोषणा गरेका छन्।
एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै उनले जेठ २ मा फर्किन तयार रहेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएका थिए।
‘नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्ववत अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ।’

Facebook Comments Box