काठमाडौँ: शेयर बजार सूचक मापक नेप्सेमा साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य करेक्शन आएपनि कारोबारमा भने उत्साह कायम नै रहेको देखिएको छ ।

कारोबारको सुरुवाती चरणदेखि अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा नेप्सेमा दबाबमा रहेको थियो । तर जारी निषेधाज्ञाले लगानीको एक मात्र क्षेत्र शेयर बजारलाई सबै किसिमले टेवा पुगरहेकाले बजार घट्ने छाँटकाँट नदेखिएपनि नयाँ लगानीकर्ताको प्रवेशसँगै बजार झिनो अंकले मात्र घटेर बन्द भएको छ ।

बुधबार दोहोरो अंकले घटेका नेप्से बिहीबार १.८० अंकले घटेर २९४४ दशमलव ७८ अंकमा बन्द भएको हो । बिहीबार २२० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयरहरु १ लाख ५५ हजार ६९० कित्ता खरीद बिक्री हुँदा कारोबार रकम १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रूपैयाँ पुगेको छ ।

बुधबार १६ अर्ब ९९ करोडको तुलनामा केही घटेपनि १६ अर्ब धेरैको शेयर कारोबार हुनुलाई बजारको टिकाउ दिगो हुने विश्वास लगानीकर्ताको रहेको बुझ्न सकिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार सूचक घटेपनि कारोबारमा आएका १ दर्जन कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल तराई र रुरु जलविद्युत कम्पनीको शेयरमूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

घट्दो बजारमा जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । वित्त र विकास बैंकको आकर्षणमा पनि बिहीबार कमी देखिएन यद्यपी सर्किट लागेर मूल्य बढ्ने कम्पनीहरूमा अधिकांश जलविद्युत कम्पनीहरू नै रहेका छन् ।

आज कारोबार भएका कूल १३ समूहमध्ये ६ वटा बढेको छ भने ७ वटा समूहको सूचक घटेको छ । जलविद्युत, वित्त र विकास बैंकको सूचकमा करिब ३ प्रतिशतको ग्राथ देखिँदा ब्यापार र जीवन बीमाको सूचक साढे १ प्रतिशत हाराहारीमा घट्न पुगेको छ ।

बिहीबारको बजारमा पाँचथर कम्पनी लिमिटेड, शिवश्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, रिडी हाइड्रोपावर, बरूण हाइड्रोपावर, सिइडिबी हाइड्रोपावर, अरूण भ्याली हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।

जोशी हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, पोखरा फाइनान्स र अपि पावर कम्पनीको शेयरमूल्यमा करिब दश प्रतिशतको वृद्धि हुँदा यी कम्पनीको शेयरमा लगानी गर्नेहरु मालामाल भएका छन् ।

उता बोटलर्स नेपाल तराई र रुरु जलविद्युत परियोजनाको मूल्य सर्वाधिक ३ प्रतिशत धेरैले घट्दा हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, समीट माइक्रोफाइनान्स, सनराइज बैंक, सिद्धार्थ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्यमा २ प्रतिशत धेरैको गिरावट देखिएको छ ।

एचआईडिसीएलको आज सर्वाधिक ८३ करोड ढ२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण कारोबार रकमका आधारमा सर्वाधिक कारोबार भएको हो ।

यसैगरी पुनर्बीमा कम्पनीको ४५ करोड, लुम्निी विकास बैंक ४३ करोड, अपि पावर ३८ करोड, नेपाल इन्स्योरेन्स ३५ करोड, रिडी हाइड्रोपावर ३३ करोड, नेशनल हाइड्रोपावर ३३ करोड, अरुण काबेली पावर २५ करोड, एनसीसी बैंक र ज्योति विकास बैंकको पनि २४ करोड बढीको शेयर आज खरीद बिक्री भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version