काठमाडौँ: तेत्तिस किलो सुन प्रकरणमा अबैध सुनमा लगानी रहेको आशंकामा सरकारी समितिले ललितपुरका एक होटल संचालक तथा ब्यापारी अकबर शाहलाई पक्राउ गरेको छ । पक्राउ पर्ने शाह यसघि राजधानीमै गोलि हानी हत्या गरिएका जमिम शाहका भतिजो हुन् ।
समितिले उनलाई नियन्त्रणमा लिएर साेधपुछ आज शुक्रबार पनि जारी राखेको छ । समितिका एक सदस्यका अनुसार शाहको पनि यस सुन तस्करीमा लगानीकर्ताको भूमिका रहेको फेला पारिएको छ । शाह मकबुल शाहका छोरा हुन् जो दुबईमा ठेकेदारको काम गर्छन ।
यस्तै, सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भन्ने मोहनकुमार अग्रवाल अझै पनि फरार छन्। अहिले अग्रवालको पक्राउ गर्न टोली सक्रिय छ।
एमकेसहित उक्त काण्डका चार प्रतिवादी रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भइसकेको छ।
