काठमाडौँ:
मनसुन देशभर फैलिसकेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो आइतबारबाट मनसुन देशैभर फैलिएको हो। मनसुन यही जेठ जेठ २८ गते नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो।

महाशाखाले आज सोमबार बिहान ६ बजे दिएको सूचनाअनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार बुधबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ: देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी ३ दिन वर्षाको सम्भावना यस्तो छः

जेठ ३१ गते सोमबार (आज)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार १ गते मंगलबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असार २ गते बुधबार
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version