काठमाडौँ:
पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जनालाई मनोनित गरेका छन्।

ठाकुरले आफू निकट ११ र अर्का नेता राजेन्द्र महतो निकट ६ जनालाई कार्यकारिणी समितिमा मनोनित गरेका हुन्।

महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा विभाजनको डिलमा पुगेको छ। ठाकुर पक्ष अहिले ओली नेतृत्वको सरकारमा सहभागी छ भने पार्टी अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष विपक्षी गठबन्धनमा सहभागी छन्।

ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेतालाई मनोनित गरेका हुन्। जसपामा दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। ठाकुरले पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षको ठाउँ खाली राखेका छन्।

ठाकुरले आफू निकट डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायतलाई कार्यकारिणी समितिमा मनोनित गरेका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version