सल्यान: सल्यान जिल्लाको शारदा नगरपालिका ६ बरालास्थित शारदा नदिको टापुमा फसेका
१२ जनाको असार ३ गते सकुशल उद्वार गरिएकोे छ ।

खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला सो नदिमा पानीको बहाव बढेपछि उक्त टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरुको सकुशल उद्वार
गरिएको हो ।

उद्वार गरिएका व्यक्तिहरुमा सल्यान जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षिय छविलाल बि.क., २० वर्षिय हिरालाल बि.क., ४० बर्षिया सुशिला गौरी, ४७ बर्षिया काली बि.क., १८ बर्षिया गिता गिरी, ५५ वर्षिय तेजबहादुर बस्नेत, ५६ बर्षिय शुकलाल गिरी, ४९ बर्षिय देविलाल बि.क., १४ बर्षिय मनोज बि.क., १७ वर्षिय दिपेन्द्र बि.क., ४६ वर्षिय कुमार बि.क. र ४० वर्षिय प्रेमलाल बि.क रहेका छन् ।

दाउरा झिक्ने क्रममा कोशी नदिमा डुवेकी बालिकाको शव सशस्त्र प्रहरीद्वारा फेला सप्तरी, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवास्थित कोशी नदिमा दाउरा झिक्ने क्रममा डुवेकी एक बालिकाको शव सशस्त्र प्रहरीले असार ३ फेला पारेको छ ।
सोही ठाउँ बस्ने ८ वर्षिया अञ्जली यादव उक्त नदिमा डुवेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश डलवाबाट खटिएको सशस्त्र प्रहरीले उनको नदिबाट बाहिर निकालेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version