काठमाडौँ: नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरा महर्जनलाई साढे पाँच वर्षपछि बिहीबार नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा सजाय सुनाएकोमा महर्जन २०७८ असार ३ गते पक्राउ परेका हुन् । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय फरार प्रतिवादी महर्जनलाई जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

महर्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version