काठमाडौँ: आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्।

त्यस्तै, ५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version