काठमाडौँ: जारी यूरो कप फुटबलमा वुधबार भएको फ्रान्स र पोर्चुगलबीचको खेल २-२ को बराबरी भएको छ ।

योसंगै पोर्चुगल र फ्रान्स आफ्नो समूह एफ बाट अन्तिम १६ मा प्रवेश गरेको छ भने सोही समयमा भएको सोहि समुहको अर्को अर्को खेलमा भने जर्मनी र हंगेरी पनि बराबरी खेलेको छ। हंगेरीको बुदापेस्टमा भएको खेलमा पोर्चुगलले दुवै गोल पेनाल्टी मार्फत गरेको थियो भने फ्रान्सले पनि एक गोल पेनाल्टीमा गरेको हो।

फ्रान्स र पोर्चुगलका लागि करिम बेन्जमा र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दुई दुई गोल गरेका हुन्। यो समूहमा जर्मनी र पोर्चगलको समान ४ अंक रह्यो भने समूहको शिर्षस्थानमा रहेको ५ अंक रह्यो।

हंगेरी समूह चरणबाटै बाहिरिंदा पोर्चुगललाई आफ्नो गोल अन्तरले गर्दा समूह चरण पार गर्न सफल भएको हो।  हंगेरी कुनै पनि खेलमा जित विहीन बन्न पुग्दा मात्र दुइ अंक जोड्न सफल रह्यो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version