काठमाडौँ: कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।

उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’

यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । एमाले संसदीय दलले पुनर्बहालीपछि दलको सदस्यका रुपमा राजीनामा दिन पटक–पटक आग्रह र निर्देशन दिएको थियो । तर, उनीहरुले संसदीय दल नै अवैधानिक रहेको भन्दै राजीनामा नदिने दावी गर्दै आएका थिए । पुनर्बहालीपछि यसको प्रत्यक्ष प्रभाव प्रदेशसभा सचिवालयमा परेको छ । बजेट प्रस्तुतपछि हालसम्म सहज रुपमा सदन चल्न सकिरहेको छैन् । एमालेले सरकारमा दुईवटा एमाले नभएका कारण यो राजनीतिक मुद्दा किनारा नलागेसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version