काठमाडौँ: नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको खुलासा गरेका छन्।

पाँच दलीय गठबन्धनका नेताले शनिबार पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भए पनि स्वीकार नगर्ने बताए।

उनले गठबन्धनलाई धोका दिन नसक्ने प्रष्ट पारे। उनले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए।

‘मलाई प्रधानमन्त्री आफर आइसक्यो’, नेपालले भने, ‘तर गठबन्धनलाई धोका दिन सक्दिन। यो लडाई केपी ओली प्रवृत्तिका विरुद्ध हो।’

संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउँदै नेता नेपालले केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नभएको बताए।

उनले प्रधानमन्त्री केपी ओलीलाई शक्ति, सरकार र पैसाको मात लागेको आरोप लगाए। त्यही मातका कारण ओली नियन्त्रण बाहिर गएको उनको भनाई छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version