काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनका क्रममा सार्वजनिक बिदा दिने वा सवारी जोरबिजोर प्रणालीमा चलाउने टुङ्गो अझै लागेको छैन ।

जोरबिजोर प्रणालीबारे छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । ‘के गर्दा उपयुक्त हुन्छ भनेर हामी छलफलकै क्रममा छौँ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘सार्वजनिक बिदाभन्दा पनि विद्यालयहरु बिदा दिँदा सवारी आवागमन सहज हुन सक्छ ।’

विद्यार्थीको समस्यालाई ध्यान दिएर विद्यालय बिदा दिने तयारी भएको जानकारी दिँदै उनले सवारी व्यवस्थापनको विकल्पबारे छिटै टुङ्गो लाग्ने बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

सम्मेलन आगामी बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा परिवहन तथा यातायात समिति गठन गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version