काठमाडौँ:
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त भएका छन्।

प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत बाँस्तोला अस्पतालको निर्देशक डा. सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि निर्देशक नियुक्त भएका हुन्।

डा. बाँस्तोला यसअघि टेकु अस्पतालमै प्रवक्ताको भूमिकामा समेत थिए।

उनले आज (सोमबार) देखि नै निर्देशकको जिम्मेवारी सम्हालेका छन्। उनी कोरोना संक्रमितको उपचारमा सुरूआतदेखि नै खटिँदै आएका छन्।

बाँस्तोलाले टेकु अस्पताललाई महामारीको बेलामात्र नभएर अन्य समयमा पनि केन्द्रमा ल्याउने गरी काम गर्ने बताए।

‘अहिलेसम्म टेकु अस्पताल खाली महामारीको बेला मात्र केन्द्रमा पर्ने गरेको छ तर अब अन्य बेलामा पनि केन्द्रमा पर्ने गरी काम गर्छु,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version