काठमाडौँ:

स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो ।

 

 

खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो ।

 

 

त्यसपछि भने स्पेनले गोल वर्षा गर्यो । पहिलो हाफको ३८ औँ मिनेटमा पाबलो साराबियाले बराबरी गोल फर्काए । दोस्रो हाफको शुरुवातमा नै सिजार एज्पेलिकुएटाले स्पेनलाई अग्रता दिलाए भने फेरान टोरेसले स्पेनको अग्रता दोब्बर बनाए ।

 

 

जीततर्फ अग्रसर स्पेनलाई मिस्लाभ ओरसिचले ८५ औँ मिनेटमा झट्का दिए । इन्जुरी समयमा मारियो पासालिचले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।

 

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपियो । अतिरिक्त समयको शुरुवातमा क्रोएसियाले स्पेनमा दबाब बनाउँदै गोलको अवसर सिर्जना गर्यो । त्यही बेला अल्भारो मोराटाले उत्कृष्ट गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए । त्यसपछि मिकेल ओयारजाबालले अर्को गोल थप्दै स्पेनको जीत सुनिश्चित गरे ।

 

अब स्पेनले क्वार्टरफाइनलमा फ्रान्स र स्वीटजरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version