काठमाडौँ: भोलि बुधबारदेखि निकै ठूलो वर्षा हुने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो।

जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनबारे निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिइरहन पनि विभागले आम नागरिकलाई अनुरोध गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version