काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको उक्त पदमा सोमबार मैनाली नियुक्त भएका हुन् ।

अर्थ मन्त्रालयको असार १४ गतेको निर्णय अनुसार मैनाली नेप्सेको अध्यक्ष तथा सञ्चालक पदमा मनोनयन भएका हुन् । नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले गर्ने व्यवस्था रहेको छ ।

नवनियुक्त अध्यक्ष मैनालीले सोमबार नै पद बहाली गरेका छन् । अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकरी अधिकृत चन्द्र सिंह साउद, अन्य सञ्चालकहरु, तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको ४ वर्षे कार्यकाल जेठ पहिलो साता सकिएको थियो ।

सरकार कामचलाउ रहेका कारण तत्काल खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्न समय लाग्ने हुँदा मन्त्रालयका सहसचिवलाई नै अध्यक्ष बनाएर पठाउँदा सहज हुने भएकाले मैनालीलाई अध्यक्ष नियुक्त गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version