काठमाडौं: युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेबाट सर्वसाधारणलाई सेयर जारीगर्ने भएको छ। कम्पनीले असार २८ गतेसम्म सेयर जारी गर्ने छ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो। अहिले कम्पनीको जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। यसको ३० प्रतिशत साधारण सेयर जारी गर्न लागिएको हो।

कम्पनीले ३ लाख २२ हजार ५०० कित्ताका दरले कर्मचारी र सामूहिलक लगानी कोषलाई सेयर छुट्याएको छ। बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणको दाबी पुग्ने छ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ। अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version