काठमाडौँ: नेपाल बैंकर्स संघले बैंकका ग्राहकहरुलाई सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्नुहुन आग्रह गरेको छ ।

संघले अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण माग गरेर ठगि गर्ने गरेको पाइएको जनाउँदै सजगताका साथ डिजिटल बैंकिङ्ग कारोबार गर्न अनुरोध गरेको हो।

अनधिकृत व्यक्तिले सामाजिक सञ्जाल मार्फत् चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड (ओटिपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको संघले जनाएको छ ।

यस्ता गतिविधिमा सजक रही आफ्नो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न हुन संघले आग्रह गरेको छ । साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंकका शाखामा तुरुन्त सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version