काठमाडौँ: नबिल बैंकले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर आदान प्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन्।

दुबै कम्पनीको असार ५ गते सम्पन्न विशेष साधारण सभाले १ः ०.३५ को शेयर स्वाप अनुपातमा प्राप्ति गर्ने प्रस्ताव पारित गराएका थिए ।

हाल नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड छ भने युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी १४ अर्ब ५२ करोड पुग्नेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version