काठमाडौँ: तीन दिन अघि प्रहरीको गोलि लागि मृत्यु भएका १४ वर्षीय बालक सन्नी खुनाको आज दाहसंस्कार गरिएको छ ।
सरकारले हिजो खुनालाई शहिद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतीपूर्ति दिने घोषणा गरेसँगै खुनाका परिवारले उनको शव आज बुझेर अन्तिम संस्कार गरेको हो ।
शनिवार बसेको कंचनपुरमा सर्वदलीय बैठकमा भएको सहमति अनुरुप उनलाई हिजै बसेको संघीय सराकारले खुनालाई शहिद घोषणा गरिएको हो ।
उनको महाकाली नदी किनारको ब्रह्मदेवमा दाहसंस्कार गरिएको थियो ।
तस्बिर: राजेन्द्र अवस्थी

Facebook Comments Box