काठमाडौँ: काठमाडौं उपत्यकामा सवारी साधानमा लगाइएको जोरविजोर प्रणाली हटेको छ।

आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।

काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी सधानले प्रवेशका लागि पास लिनु पर्ने छ।

त्यसैगरी यसअघि २५ सिट भन्दा माथीका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न दिने भएको छ।

सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन्। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख गरेको छ।

सफा टेम्बो तथा निलो माइक्रोले ९ जना यात्रु भन्दा बढी चढाउन नपाउने भएका छन्।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण ढुवानी बेलुका ९ बजेदेखी विहान ५ बजेसम्म सञ्चालन गर्ने पाइने भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version