काठमाडौँ: चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ।

आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो।

उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्। शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्।

एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version