काठमाडौँ: कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version