काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५०३ जनाको पीसीआर परीक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९१६ जना गरी जम्मा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version