काठमाडौं: बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्दा पनि लघुवित्त वित्तइि संस्था र केही विकास बैंकहरुको सेयर मूलयमा भने वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अरु सबै समूहगत सवइन्डेक्सहरु ओरालो लाग्दा पनि विकास बेंक र माइक्रोफाइनान्स समूहको सवइन्डेक्स भने उकालो लागेको छ ।

विकास बैंक ११ दशमलव ०६ अंकले र लघुवित्त समूह १९ दशमलव १९ अंकले बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक र होटल तथा पर्यटन २ प्रतिशत भन्दा धेरैले घटेका छन् । नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २ हजार ८ सय ०१ ंअंकमा झरेको छ ।

बुधबार ५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । सबैभन्दा धेरै सिभिल लघुवित्तका लघुवित्तले कमाएका छन् भने धेरै गुमाउनेमा माथिल्लो तामाकोशी कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version