काठमाडाैं: कृषि विकास बैंक र निजामति अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्झौता भएको छ ।

आगामी दश वर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरे ।

उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध हुने बैंकले विश्वास लिएकाे जनाएकाे छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version