काठमाडौँ: आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।

प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा यति धेरै रकम खर्च भएको दावी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ ।

अहिलेको मन्त्रीहरुले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

अहिलेको मन्त्रीहरुको संख्या वितगतका मन्त्रिपरिषदभन्दा थोरै भएकाले समग्र खर्चमा अब कमी आउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले दावी गरे।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version