काठमाडौँ: गृहमन्त्रालयले नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।
बिहीबार बसेको बैठकले सहकुल थापालाई एआईजीमा बढुवा गर्दै मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको हो।
उनको पदस्थापनसँगै अन्य एआईजीको पनि सरुवा भएको छ। महानगरीय प्रहरी कार्यालयका एआईजी हरि पाललाई ७ महिनामै सरुवा गरिएको छ। २०७७ मंसिर २५ गते रानीपोखरी सरुवा भएका पाललाई कार्य विभागमा सरुवा गरिएको छ।
निरज बहादुर शाही अपराध अनुसन्धान विभाग र विश्वराज पोख्रेल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको गृहले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रधुम्नकुमार कार्कीलाई ल्याइएको छ।
Facebook Comments Box
