काठमाडौँ: अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन्।

‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौं पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोनसन एन्ड जोनसनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो।’

दूतावासले यस विषयमा थप जानकारी चाँडै उपलब्ध गराउने जनाएको छ।   अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीको खोप एक जोड मात्रै लगाए हुन्छ।  यस्तै, अमेरिकाले भुटानलाई मोर्डेना कम्पनीको ५ लाख डोज खोप उपलब्ध गराउने जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version