काठमाडौँ: कृषि विकास बैंकले शुक्रबारदेखि अनलाईन डिम्याट खाता सहितका धेरै नयाँ सेवा सुचारु गरको छ ।

बैंकको अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरी सेवा सुभारम्भ गरे।

यस सेवा अन्तरगत बैंकमा खाता भएका ग्राहकहरुले विना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सि.आर.एन, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् ।

बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेश बाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको बैंकले जनाएको छ । यसका अलावा बैंकमा खाता नभएका ग्राहकहरुले समेत देश विदेश बाट अनलाईनका माध्यमबाट समेत चल्ती, वचत खाता सहित सवै सेवाहरु अनुरोध गर्न सक्ने छन् ।

यस प्रकारको सेवा सुचारु भए पश्चात स्वचालीत रुपमा इमेल तथा एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था रहेकोे छ । साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहक महानुभावहरुले विना झन्झट यो सेवा समयमा नै उपयोग गर्न सक्नेछन्।

यो सेवा उपयोगका लागि ३६५ दिन नै २४ घण्टा नै https://onlineaccount.adbl.gov.np/ मार्फत अनुरोध गर्न सक्ने व्यवस्था गरेको छ । यो सेवा पश्चात वैक ग्राहक वीचको सम्वन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ ।

सेवा पश्चात शेयर कारोवारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरुले थप ग्राहक पहिचान विवरण पेश गर्नु नपर्ने, नावालकहरुको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोवाईल तथा इन्टरनेट बैंकिङ्गका लागि आवेदन दिन सकिने छ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच प¥याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version