एजेन्सी: यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ।

नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो।

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे।

यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भएका छन्। साथै उनले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ।

यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन्। तर उपाधि जित्न सकेका थिएनन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version