काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।

विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version