काठमाडौँ: अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् खोप नेपाल आइपुगेको हो ।

केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइनेछ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको थियो ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version