काठमाडौँ: पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ६८९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार १३३ जना कोरोना संक्रमित निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version