काठमाडौँ: पाँच विद्यार्थी संगठनले भोलि (असार ३० गते) देखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने जनाएका हुन्।
यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए।
मंगलबार नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘ध्यानाकर्षणको अवज्ञा गरिएमा त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी व्यवसायीहरु र एसोसिएसन आफैँ हुने’ चेतावनी दिइएको छ।
