काठमाडौँ: आगामी विहिबार र शुक्रबारका लागि तयार गरिएको चौंथो बिम्स्टेक सम्मेलनमका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जोर बिजोर सवारी चलाउने निर्णय लागु गर्न सरकारबाट निर्देशन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सम्मेलनमको अवधिभर १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय यसघि गृहले निर्णय गरेको थियो।
नम्बर प्लेटको अन्तिम अंकको अधारमा जोर बिजोर लागु हुनेछ, ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक राम कुमार लम्सालले पहिलोक्लिकलाई बताए ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।
१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।
